आरती शाहको परिवारलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह

हिमाल प्रेस २१ कार्तिक २०८० ६:३६
2
SHARE
आरती शाहको परिवारलाई वार्तामा आउन गृह मन्त्रालयको आग्रह

काठमाडौँ- धनुषामा मृत अवस्थामा फेला परेकी आरती शाहको परिवारलाई गृह मन्त्रालयले वार्तामा आउन आग्रह गरेको छ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वकीय सचिव विजय गौतम सोमबार संवादका लागि आग्रह गर्न माइतीघर मण्डलास्थित धर्नास्थलमा पुगेका हुन्।

आरती शाहको धनुषामा मृत्यु भएको थियो। मृत्यु शंकास्पद भएको र अनुसन्धानको क्रममा धनुषाका एसपी विश्वराज खड्का सहितका प्रहरी अधिकृतहरुले कुटपिट गरेको पीडित परिवारले दाबी गरेका छन्।

खड्का सहितका प्रहरी अधिकृतहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै शाहका बुवा र आमासहित परिवारका सदस्यहरु १ सय ४४ दिनदेखि काठमाडौँमा धर्ना बसिरहेका छन्। यसबारे प्रहरीका डिआईजी विकाशराज खनाल नेतृत्वका टिमले छानबिन गरिरहेको छ।

आरतीको हत्या गरेको आरोपमा प्रहरीले उनको श्रीमान् र ससुरालाई पक्राउ गरेको थियो । उनीहरु अहिले पुर्पक्षका लागि थुनामा छन्। आम जनता पार्टीका कार्यालय सचिव रन्जु कुमारी शाहको पहलमा गृह मन्त्रालय र पीडित परिवारको बीचमा संवादको सुरुवात भएको बताइएको छ।

प्रकाशित: २१ कार्तिक २०८० ६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =