यस्तो छ आजको मौसम

हिमाल प्रेस २१ कार्तिक २०८० ६:३०
8
SHARES
यस्तो छ आजको मौसम

काठमाडौँ- पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ।

बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ। बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

प्रकाशित: २१ कार्तिक २०८० ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 11 =