बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

हिमाल प्रेस २० कार्तिक २०८० ६:५७
2
SHARE
बागलुङका स्थानीय तहद्वारा ३० लाख सहयोग

बागलुङ- जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पपीडितलाई सहयोग गर्नेक्रम जारी रहेको छ।

यसक्रममा बागलुङका दस स्थानीय तहले एकमुष्ट ३० लाख रुपैयाँ राहत रकम प्रदान गर्ने भएका छन्। चार नगरपालिकाले तीन लाख ७५ हजार रुपैयाँ र छ गाउँपालिकाले दुई लाख ५० हजार रुपैयाँ सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बागलुङ जिल्लाका स्थानीय तहले प्रदान गर्ने नगद, उद्योग वाणिज्य संघ बागलुङ, जिल्ला रेडक्रस सोसाइटी बागलुङ, रोटरी क्लब अफ बागलुङ र अन्य संघ संस्थाले प्रदान गर्ने जिन्सी सामग्रीसहित आवश्यक औषधिसमेत लिएर जाजारकोटतर्फ जाने योजना रहेको बताए।

भूकम्प पीडितका लागि आवश्यक लत्ताकपडा बागलुङ उद्योग वाणिज्य संघमार्फत कपडा तथा फ्रेन्सी व्यवसायी समितिद्वारा संकलन गरिएको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।

प्रकाशित: २० कार्तिक २०८० ६:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =