विद्युत प्राधिकरण र कर्मचारीबीच चारबुँदे सहमति

हिमाल प्रेस १९ कार्तिक २०८० १५:५९
4
SHARES
विद्युत प्राधिकरण र कर्मचारीबीच चारबुँदे सहमति

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापन र ट्रेड युनियनबीच चारबुँदे सहमति भएको छ। आइतबार प्राधिकरण कर्मचारी संघ तथा कर्मचारी युनियनबाट संयुक्त रुपमा अघि सारेको मागका विषयमा चारबुँदे सहमति भएको हो।

व्यवस्थापनबाट भदौ ३० गते भएको सरुवा÷काजमा पुनरावलोकन गरी क्रमशः सच्चाएर लैजाने सहमति भएको छ। सरुवा भएका कर्मचारीले कर्मचारी सेवा, सर्त विनियमावलीमा भएको व्यवस्थाअनुसार २१ दिनभित्र रमाना लिने सहमति भएको छ।

त्यस्तै, विभिन्न सातबुँदे मागका सम्बन्धमा आधिकारिक ट्रेड युनियनका प्रतिनिधि समेत रहने गरी जनसाधन विभागको निर्देशकको अध्यक्षतामा पाँच सदस्यीय कमिटी गठन गर्ने र उक्त कमिटीले आवश्यक अध्ययन गरी राय सिफारिससहित कार्यकारी निर्देशकसमक्ष प्रतिवेदन पेस गर्ने सहमति भएको छ।

सहमतिपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीको व्यवस्थापनमा विशेष ध्यान दिने र जायज मागहरूलाई गम्भीरतापूर्वक लिएको जानकारी दिए। सहमतिसँगै आधिकारिक तथा क्रियाशील टे«ेड युनियनले घोषणा गरेका सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ।

प्रकाशित: १९ कार्तिक २०८० १५:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =