भूकम्पपीडितलाई एनसेलको ५० लाख नगद, प्रभावित जिल्लाका ग्राहकलाई ४० लाखको निःशुल्क सेवा

हिमाल प्रेस १९ कार्तिक २०८० १२:५५
6
SHARES
भूकम्पपीडितलाई एनसेलको ५० लाख नगद, प्रभावित जिल्लाका ग्राहकलाई ४० लाखको निःशुल्क सेवा

काठमाडौँ– एनसेल आजियाटा लिमिटेडले जाजरकोट भूकम्पपीडितको उद्धार, उपचार र राहतका लागि कर्णाली प्रदेश सरकारलाई ५० लाख रुपैयाँ नगद तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

त्यसका साथै जाजरकोट, रुकुम पश्चिम र पूर्वका ग्राहकहरूलाई ४० लाख रुपैयाँ बराबरको निःशुल्क सेवा उपलब्ध गराउने भएको छ। यसबाट अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएस रहेका छन्। निःशुल्क सेवा १५ दिनसम्म रहने एनसेलले जनाएको छ।

प्रकाशित: १९ कार्तिक २०८० १२:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =