सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पपीडितलाई एक करोड सहयोग गर्ने

हिमाल प्रेस १८ कार्तिक २०८० १२:३७
2
SHARE
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पपीडितलाई एक करोड सहयोग गर्ने

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई एक करोड रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए ।

यस्तै, बैठकले भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि २० जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्र रुकुम पश्चिम र जाजरकोट पठाउने पनि निर्णय गरेको छ।

प्रकाशित: १८ कार्तिक २०८० १२:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =