किसानलाई धान थन्क्याउने चटारो [फोटो फिचर]

दिपेश श्रेष्ठ २० कार्तिक २०८० १६:५४
24
SHARES
किसानलाई धान थन्क्याउने चटारो [फोटो फिचर]

काठमाडौँ- किसानलाई यति बेला धान भित्र्याउने चटारो छ। खेतका फाँटहरूमा धान काट्न, सुकाउन, बिटा बोक्न र झार्न मानिसहरू व्यस्त छन्। ग्रामीण क्षेत्रमा झारेको धान प्रायः खलोबाट सीधै भकारीमा लगेर भित्र्याउने चलन छ।

काठमाडौँ उपत्यकामा भने धान झारिसकेपछि केही दिन सुकाई भुस उडाएर थन्काइन्छ। प्रविधिको विकाससँग धान झार्न र भुस उडाउन मेसिनको प्रयोग हुन थालेको छ। यस्तै गोरुको प्रयोग गरी दाइँ हाल्ने चलन पनि बिस्तारै लोप हुन थालेको छ।

प्रकाशित: २० कार्तिक २०८० १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =