किसानलाई फूल टिप्न भ्याइ नभ्याइ [तस्बिरहरू]

दिपेश श्रेष्ठ १६ कार्तिक २०८० १२:२९
52
SHARES
किसानलाई फूल टिप्न भ्याइ नभ्याइ [तस्बिरहरू]

काठमाडौँ- तिहार नजिकिँदै गर्दा भक्तपुरको सूर्यविनायक नगरपालिका गुण्डुका फूल किसानलाई फूल टिप्न र माला गाँसेर बिक्रीका लागि तयार गर्न धमाधम छ।

बिहानको उदाउँदो घाम सँगै बारीमा ढकमक्क फुकेको मखमली टिप्न प्लास्टिकको बाल्टिन बोकेर फूलबारी छिर्ने गुण्डुका किसान शीत रहुन्जेल करिब तीन घण्टा फूल टिपेर घर फर्किने गर्छन्।

मध्यान्न भएपछि बिहानभरी टिपेको मखमली फूलको माला गाँस्ने र बिक्रीका लागि तयार गर्ने काम गर्दछन्।

मखमली फूलको व्यावसायिक खेती हुने यस क्षेत्रमा १५ वर्ष देखि मखमलीको व्यावसायिक खेती गरिरहेकी ६० वर्षीय कान्छी नगरकोटीका अनुसार अन्य वर्षहरूमा दसैँ सकिए लगत्तै फूल टिप्ने काम सुरु हुने भए पनि यो पटक तिहार केही ढिला भएकोले दशैं अगाडिनै पहिलो खेप मखमली टिपिसकिएको थियो।

दसैँ लगत्तै दोश्रो खेप टिपेर सकिसकेका किसानले अचेल भने बाँकी रहेका माला उन्न मिल्ने मखमली टिप्दैछन्।

दिउँसोको समयमा माला किन्न घर सम्मै पुग्ने गर्छन् व्यवसायीहरु । फूलको आकार अनुसार २५ देखि ३० रुपैयाँ सम्म उनेको माला बिक्री गरिरहेको बताउँछिन् व्यवसायी ४२ वर्षीय गोमा घतानी। बढी लगानीमा खेती गर्नुपर्ने तर त्यस अनुसार नाफा आर्जन भने नहुने बताउँछन् किसानहरु।

मखमली फूलको व्यवसायीक खेती हुने गुण्डुमा अहिले सयपत्री फूल पनि रोप्न थालिएको छ।

प्रकाशित: १६ कार्तिक २०८० १२:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 1 =