यस्तो देखियो एमालेको चियापान [फोटो फिचर]

हिमाल प्रेस १५ कार्तिक २०८० १६:४७
14
SHARES
यस्तो देखियो एमालेको चियापान [फोटो फिचर]

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज चाडपर्व लक्षित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ। दसैं, तिहार, नेपाल संवत, छठ पर्वलगायतको पर्वको अवसर पारेर एमालेले आज पार्टी मुख्यालय च्यासलमा शुभकामना कार्यक्रम राखेको हो। एमालेले हरेक वर्ष दसैं र तिहारका बीचमा शुभकामना आदान-प्रदान कार्यक्रम राख्दै आएको छ।

सबै राजनीतिक दल र उच्च पदस्थ व्यक्तिहरूलाई चियापानका लागि एमालेले मुख्यालयमा बोलाएको छ। चियापान समारोहमा प्रधानमन्त्री, विपक्षी दलका नेता, सांसदहरू, पार्टीका नेता कार्यकर्ता सहभागी छन्।

यसपटकको चियापानमा नेकपा एमालेले एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि चियापानमा निम्त्याएको छ। तर उक्त चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल भने सहभागी छैनन्। उक्त पार्टीका अन्य शीर्ष नेता भने सहभागी छन्।

नेकपा (एमाले) ले बडादसैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा बुधबार पार्टी कार्यालय ललितपुरको च्यासलमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लागयत नेता। तस्बिर : रासस

प्रकाशित: १५ कार्तिक २०८० १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =