नेपाल घुम्न आए एक महिनामै १ लाख १७ हजार पर्यटक

हिमाल प्रेस १५ कार्तिक २०८० १४:०७
6
SHARES
नेपाल घुम्न आए एक महिनामै १ लाख १७ हजार पर्यटक फाइल तस्बिर।

काठमाडौँ- कोभिडपछि नेपालमा सबैभन्दा बढी पर्यटक अक्टोबर महिनामा भित्रिएका छन्। २०१९ को अक्टोबरमा भन्दा पनि धेरै पर्यटक अहिले भित्रिएका हुन्। अध्यागमन विभागका अनुसार अक्टोबरमा १ लाख १७ हजार पर्यटक भित्रिएका छन्। गत वर्ष ५२ हजार १२१ पर्यटक मात्रै भित्रिएका थिए।

पर्यटन बोर्डका प्रवक्ता मनिराज लमिछानेले पछिल्लो समयमा सबैभन्दा धेरै पर्यटक अक्टोबरमा भित्रिएको जानकारी दिए। कोभिडअघि २०१९ मा १ लाख १० हजार पर्यटक भित्रिएका थिए।

बोर्डले संकलन गरेको तथ्यांक अनुसार गृष्म ऋतुमा सबैभन्दा बढी भारतबाट १८ हजार ४८० पर्यटक भित्रिएका छन्। अमेरिकाबाट १४ हजार ८७९, बेलायतबाट ८ हजार २१९, चाइनाबाट ६ हजार ८८०, अस्ट्रेलिया ६ हजार ७५, जर्मनी ५ हजार ९१६, फ्रान्सबाट ५ हजार २७१ र बंगलादेशबाट ४ हजार २९२ पर्यटक नेपाल भित्रिएका छन्।

अक्टोबरमा महिनामा हिमाल आरोहणसँगै ट्रेकिङको लागि सबैभन्दा बढी पर्यटक आउने गरेका छन्।

प्रकाशित: १५ कार्तिक २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =