बुस्टर डोजका लागि ल्याइयो थप साढे ३ लाख कोभिड खोप

हिमाल प्रेस ११ मंसिर २०८० २१:०८
बुस्टर डोजका लागि ल्याइयो थप साढे ३ लाख कोभिड खोप

काठमाडौँ- कोरोना भाइरसको संक्रमण विरुद्धको थप खोप आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको संंक्रमण नभए पनि दीर्घरोगी, विदेश जानका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याएको हो।

स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले ३ लाख ७७ हजार फाइजर खोप ल्याइएको जानकारी दिए। उनका अनुसार खोप कोभ्याक्समार्फत बुस्टर डोजका लागि ल्याइएको हो। यसअघि गत मंसिर ८ गते ३ लाख ७३ हजार खोप आएको थियो।

कोभ्याक्सले कुल ७ लाख ५० हजार मात्रा खोप बुस्टर डोजका लागि उपलब्ध गराएको हो। अहिले पनि प्रदेश तहबाट बुस्टर डोजका लागि खोपको माग हुने गरेको छ। ती आएका खोपलाई प्रदेशमा पठाइनेछ।

सरकारले अहिलेसम्म ६ करोड ६९ लाख ८३ हजार २७० मात्रा खोप ल्याइसकेको छ। यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ११ लाख ५७ हजार ५२२ संक्रमित र १२ हजार ३१ जनाको निधन भइसकेको छ। रासस

प्रकाशित: ११ मंसिर २०८० २१:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + seventeen =