राष्ट्रियसभाका अध्यक्ष, प्रदेशका सभामुख र उपसभामुखको टोली अस्ट्रेलिया जाँदै

हिमाल प्रेस १० मंसिर २०८० १८:१९
8
SHARES
राष्ट्रियसभाका अध्यक्ष, प्रदेशका सभामुख र उपसभामुखको टोली अस्ट्रेलिया जाँदै

काठमाडौँ– राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको नेतृत्वमा सातवटै प्रदेशका सभामुख र उपसभामुख वित्तीय तथा प्रशासनिक विनियोजनसम्बन्धी संसदीय अभ्यासहरुको अध्ययन गर्न आज राति अस्ट्रेलिया जाँदै छन्।

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को संसद् सहयोग परियोजनाअन्तर्गत भ्रमण हुन लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

यूएनडीपी नेपाल र सङ्घीय संसद् सचिवालयबीच समझदारी भई सञ्चालित परियोजनाबाट १२ सदस्यीय प्रतिनिधिमण्डलले अस्ट्रेलियाको संसद् र न्यु साउथवेल्स तथा भिक्टोरिया प्रान्तका प्रान्तीय संसद्‌मा भेटघाट तथा अन्तरक्रियात्मक कार्यक्रम गर्नेछ। उक्त टोली यही मङ्सिर १६ गते स्वदेश फर्कने कार्यक्रम छ। रासस

प्रकाशित: १० मंसिर २०८० १८:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =