राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस १८ असार २०८० ९:४५
6
SHARES
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची फाइल तस्बिर।

काठमाडौँ– संघीय संसद्अन्तर्गत सोमबार (आज) राष्ट्रिय सभाको बैठक बस्दैछ। दिउँसो १ बजेर १ मिनेटमा सुरु हुनेगरी बैठक आह्वान गरिएको हो।

बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएकोसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची छ।

यस्तै विनियोजन विधेयक २०८० का विभिन्न शीर्षकहरूमध्ये वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन शीर्षकहरूमाथि छलफल हुने छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, नेपाल विश्वविद्यालय विधेयक,२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

प्रकाशित: १८ असार २०८० ९:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =