जीवित श्रीमान्‌को मृत्यु दर्ता गरी एकल भत्ता लिने महिलाविरुद्ध मुद्दा दर्ता

हिमाल प्रेस ८ मंसिर २०८० १७:४२
14
SHARES
जीवित श्रीमान्‌को मृत्यु दर्ता गरी एकल भत्ता लिने महिलाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ– दिउँदो श्रीमान्‌को मृत्यु दर्ता गरी एकल महिला भत्ता लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको मुद्दा दर्ता भएको छ।  रामेछापको मन्थली नगरपालिका- ३ का तत्कालीन वडासचिव शिवकुमार महतो र निर्मला खत्री विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

खत्रीले आफ्ना जीवित श्रीमान्‌को मृत्यु दर्ता गरी एकल भत्ता लिएको आरोप लागेको छ। वडा सचिवले भने भत्ता लिनको लागि एकल महिला परिचयपत्र बनाउन लिखत बनाइदिएका थिए। महतोले जीवित व्यक्तिको मृत्यु भएको भनी मृत्यु दर्ता अभिलेख चढाएको र खत्रीको सामाजिक सुरक्षा भत्ता (एकल महिला) परिचय पत्रको गलत लिखत तयार गरेको आरोप छ।

अख्तियारले शुक्रबार काठमाडौंस्थित विशेष अदालतमा दुई जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो। एकल महिला भत्तावापत खत्रीले ४५ हजार दुई २० रुपैयाँ लिएको पाइएको छ। अख्तियारले उक्त रकम असुल गरी सजायको मागदाबी गरेको छ।

प्रकाशित: ८ मंसिर २०८० १७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + two =