नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनका लागि बुटवलमा तीव्र तयारी

हिमाल प्रेस ४ मंसिर २०८० १७:५४
18
SHARES
नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनका लागि बुटवलमा तीव्र तयारी

बुटवल- नेपाल जेसीजको ५०औँ राष्ट्रिय महाधिवेशनका लागि बुटवलमा तयारी तीव्र पारिएको छ।

बुटवल जेसीजको आतिथ्यतामा बुटवलमा यही मंसिर २८ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुने महाविधेशनका लागि तयारी तीव्र पारिएको हो। बुटवल जेसीजले सोमबार पत्रकार सम्मेलन गर्दै महाधिवेशनका लागि तयारीका कामहरू भइरहेको बताएको छ।

नेपाल जेसीजका पूर्वअध्यक्ष तथा महाधिवेशन निर्देशक जगतबहादुर पोखरेलले बुटवल जेसीजको ५०औँ वर्षको अवसरमा राष्ट्रिय जेसीजको महाधिवेशन गर्न पाउनु बुटवलका लागि गर्वको कुरा भएको बताए।

बुटवल जेसीजले यस अघि दुईवटा राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको र यस पटकको महाधिवेशन पनि भव्यताका रूपमा सम्पन्न हुने महाधिवेशन निर्देशक पोखरेलले बताए।

त्यस्तै नेपाल जेसीजका पूर्वअध्यक्ष अनुपमान शैजुले महाधिवेशनले बुटवलको आर्थिक गतिविधिलाई चलायमान बनाउन टेवा पुर्‍याउने बताए।

बुटवल जेसीजका अध्यक्ष हरिविक्रम कुँवरले बुटवल जेसीजको स्वर्णजयन्तीको अवसरमा ५०औँ राष्ट्रिय महाधिवेशन गर्न पाउनु ठूलो अवसर भएको बताउँदै यसले बुटवलको पर्यटन प्रर्वद्धनमा पनि सहयोग पुर्‍याउने बताए।

महाधिवेशनले वर्षभरका गतिविधिहरूको रिपोर्टिङ तथा कार्ययोजना निर्माणसँगै नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन सचिव सिनेटर मनोज भट्टराईले बताए। साथै महाधिवेशनको अवरसमा बुटवलको मुख्य भाग परिसरमा शान्ति पदयात्रा प्रभातफेरि गरिने महासचिव भट्टराईले बताए।

महाधिवेशन सम्पन्न गर्नका लागि करिब २ करोड ६५ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ। महाधिवेशनमा देशभरबाट २५ सयको सहभागिता रहने आयोजकको भनाइ छ।

प्रकाशित: ४ मंसिर २०८० १७:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =