कञ्चनपुरमा जुवा खेल्ने ४२ जना पक्राउसहित नगद बरामद

हिमाल प्रेस २८ कार्तिक २०८० १४:२५
6
SHARES
कञ्चनपुरमा जुवा खेल्ने ४२ जना पक्राउसहित नगद बरामद फाइल तस्बिर

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ। प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।

सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले मंगलबारसम्म जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी ३ लाख पाँच हजार रुपैयाँभन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिए।

बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट २ लाख ५८ हजार नगद बरामद गरिएको छ। त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए।

त्यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठ जनालाई नियन्त्रणमा लिइएको छ। ‘हामीले चाडपर्वका बेला जुवातास खेल्ने गिरोहलाई सुक्ष्म रूपमा नियाली रहेका छौँ,’ उनले भने, ‘पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत कारबाही गर्छौँ।’ रासस

प्रकाशित: २८ कार्तिक २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + one =