सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाउनुपर्छ : सभामुख

हिमाल प्रेस २४ कार्तिक २०८० २१:३५
4
SHARES
सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाउनुपर्छ : सभामुख फाइल तस्बिर।

ललितपुर– सभामुख देवराज घिमिरेले सहकारीप्रति जनताको विश्वास र आकर्षण बढाएर देशको अर्थतन्त्र निर्माण गर्नुपर्ने धारणा राखेका छन्।

ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरको आज आयोजित २९औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले बैंक नपुगेको ठाउँमा सहकारी पुग्ने बताउँदै यो क्षेत्रलाई राज्यले प्राथमिकता र महत्व दिएको धारणा राखेका हुन्।

‘हामीले २०७२ मा संविधान जारी गर्दा सरकारी, निजी र सहकारी गरी तीन खम्बे अर्थ नीति अवलम्बन गरेका छौँ,’ उनले भने, ‘सहकारी भनेको कमजोर आम्दानी हुनेलाई एकताबद्ध गरेर ठूलो काम गर्न सक्ने अवसर प्रदान गर्ने माध्यम हो। सबै जनताको अर्थतन्त्र समान अवसर कायम गर्ने माध्यम सहकारीलाई राज्यले पनि प्राथमिकता र महत्त्व दिएको छ।’
उनले राष्ट्रियस्तरका बैंक पनि नपुगेको ठाउँमा पुग्ने महत्त्वपूर्ण आधार सहकारी भएको भन्दै जनताको पहुँच नभएको ठाउँमा पहुँच पुर्‍याउने र वित्तीय कारोबारमा हरेक हिसाबबाट प्रेरणा दिने, बाटो देखाउने र देशको अर्थतन्त्रलाई मजबुत पार्ने आधारको रुपमा सहकारी रहेको बताए।

प्रकाशित: २४ कार्तिक २०८० २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − three =