तनहुँका नयाँ उद्योगको पुँजी १ अर्ब २५ करोड रुपैयाँ

हिमाल प्रेस ४ मंसिर २०८० १६:०२ | Monday, November 20, 2023
तनहुँका नयाँ उद्योगको पुँजी १ अर्ब २५ करोड रुपैयाँ

दमौली (तनहुँ)- तनहुँमा एक वर्षको अवधिमा थपिएका उद्योगको कुल पुँजी १ अर्ब २५ करोड रुपैयाँभन्दा बढी पुगेको छ। आर्थिक वर्ष २०७९/८० मा जिल्लामा ६ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी १ अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको घरेलु तथा साना उद्योग (पर्यटन तथा उद्योग) कार्यालय तनहुँले जानकारी दिएको छ।

त्यसमध्ये स्थिर पुँजी ६५ करोड ९५ लाख ७९ हजार पाँच सय रुपैयाँ र चालु पुँजी ५९ करोड ६१ लाख ५० हजार रहेको कार्यालयका प्रमुख दुर्गाराज सुवेदीले जानकारी दिए।

उनका अनुसार दर्ता भएका उद्योगमा चार सय पाँच महिला र दुई सय २३ पुरुष गरी ६ सय २८ जनाले रोजगारी पाएका छन्। त्यस्तै ३ सय ९२ महिला र दुई सय ७४ पुरुष गरी ६ सय ६६ उद्यमी बनेका कार्यालयले जानकारी दिएको छ।

उक्त अवधिमा ५० उत्पादनमूलक उद्योग दर्ता भएकामा १४ करोड ९८ लाख, तीन सय १८ कृषि तथा वन पैदावरमा आधारित उद्योग दर्ता भएकामा ८३ करोड ६ लाख ७९ हजार पाँच सय, एक सय १९ पर्यटन उद्योग दर्ता भएकामा १२ करोड ६९ लाख ५० हजार, एक सय १० सेवामूलक उद्योग दर्ता भएकामा १३ करोड तीन लाख, तीन पूर्वाधार उद्योग दर्ता भएकामा १ करोड ५० लाख रुपैयाँ र तीन सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योग दर्ता भएकामा ३० लाख रुपैयाँ पुँजी रहेको प्रमुख सुवेदीले जानकारी दिए।

कार्यालयका अनुसार उत्पादनमूलक उद्योगमा ६०, कृषि तथा वन पैदावरमा आधारित उद्योगमा तीन सय २५, पर्यटन उद्योगमा एक सय ३२, सेवामूलक उद्योगमा ९८, पूर्वाधार उद्योगमा ६ र सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा सात जनाले रोजगारी पाएका छन्। ती उद्योगको वार्षिक उत्पादन क्षमता १ अर्ब २० करोड ४४ लाख १४ हजार एक रुपैयाँ बराबर रहेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ।

प्रकाशित: ४ मंसिर २०८० १६:०२ | Monday, November 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast