बीउबिजनसम्बन्धी नयाँ नियमावली छिटै पारित हुन्छ : कृषि मन्त्री भुसाल

हिमाल प्रेस १४ कार्तिक २०८० १५:२३
10
SHARES
बीउबिजनसम्बन्धी नयाँ नियमावली छिटै पारित हुन्छ : कृषि मन्त्री भुसाल बेदुराम भुसाल

काठमाडौँ- कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. बेदुराम भुसालले बीउबिजनसम्बन्धी नयाँ नियमावली नबनेसम्म फुकाइएको बाधा अड्चनबाट काम गर्न सकिने बताएका छन्।

१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीलाई मंगलबार ललितपुरमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले बीउबिजनसम्बन्धी नियमावली चाँडो बन्नुपर्ने भएपनि बन्न नसकेकाले सरकारले बाधा अड्काउ फुकाएर नियमावली नबन्दासम्मको बाधा अड्काउ फुकाइएकोबाट नै काम गर्न सकिने बताए।

उनले नियमावली बनाउने काम सरकारको भएकाले सरकारले अहिले अर्थमन्त्रालयको सहमतिबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुर्‍याइएकाे बताए।

उनले बीउबिजनसम्बन्धी नयाँ नियमावली चाँडै पारित गर्ने प्रतिवद्धतासमेत जनाए। मन्त्री भुसालले अहिलेको समाधान राष्ट्रिय उत्पादनको वृद्धि र आयात प्रतिस्थापन गर्नु रहेको बताए। प्रदर्शनी कात्तिक १८ गतेसम्म हुनेछ

प्रकाशित: १४ कार्तिक २०८० १५:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =