बुद्धको जन्मथलो पुगेर गुटेरेसले गरे वृक्षारोपण [फोटो फिचर]

विनोद परियार १४ कार्तिक २०८० १३:०९
8
SHARES
बुद्धको जन्मथलो पुगेर गुटेरेसले गरे वृक्षारोपण [फोटो फिचर]

लुम्बिनी- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी पुगेका छन्। उनले लुम्बिनी पुगेर वृक्षारोपण समेत गरेका छन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीमा स्वागत गरेका थिए।

गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षु भिक्षुणीसहित लुम्बिनी साँस्कृतिक नगरपालिकाका स्थानीय आमा समूह, थारु लगायत विभिन्न जातीय समूह र होटल व्यवसायीहरुले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरेका छन्।

मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भहरुको निरीक्षणपछि मायादेवी मन्दिर र अशोक स्तम्भ परिसरकै पिपलको रुखमुनि गुटेरेसलाई स्वागत गरियो।

महासचिव गुटेरेसको लुम्बिनी भ्रमणले लुम्बिनी र गौतमबुद्धको शान्तिको सन्देश विश्वभर थप प्रचारप्रसार हुने र लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ। गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्मस्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको निरीक्षण र भ्रमण गर्ने कार्यसूची छ।  लुम्बिनीमा करिब डेढ घन्टा बिताएपछि काठमाडौँ फर्कने गरी कार्यक्रम तालिका बनेको छ।

प्रकाशित: १४ कार्तिक २०८० १३:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =