दसैं बिदामा २० हजारले गरे चितवन निकुञ्जको भ्रमण

हिमाल प्रेस १३ कार्तिक २०८० १८:३३
8
SHARES
दसैं बिदामा २० हजारले गरे चितवन निकुञ्जको भ्रमण

चितवन- दसैँको बिदामा २० हजारभन्दा बढी पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्। असोज २८ गते घटस्थापनाका दिनदेखि कात्तिक ११ गते पूर्णिमाको दिनसम्म २० हजार ६० जनाले निकुञ्ज घुमेका हुन्। जसमध्ये नेपाली १३ हजार दुई सय ३३ छन्।

उनीहरूले विभिन्न प्रवेशद्वारबाट भ्रमणका लागि निकुञ्ज प्रवेश गरेका हुन्। भ्रमणमा आएकामध्ये विदेशी ६ हजार ४८ र सार्क देशका ७७९ जनाले भ्रमण गरेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। उनका अनुसार सोही समयमा ७३७ पटक जिप सफारी भएको छ।

उनका अनुसार घुम्न आउनेमध्ये सबैभन्दा धेरै सौराहा क्षेत्रबाट निकुञ्ज प्रवेश गरेका हुन्। सौराहा क्षेत्रबाट नेपाली १२ हजार ५५८, विदेशी ४ हजार ५४३, सार्क मुलुकका ५६३ जनाले भ्रमण गरेका हुन्। यस क्षेत्रबाट ४०४ पटक जिप सफारी भएको छ।

यस्तै कसरा क्षेत्रबाट नेपाली ३०८ जना, विदेशी ७६६ जना, सार्क मुलुकका १०४ जना र जिप सफारी १६४ पटक, मेघौली क्षेत्रबाट २७७ जना नेपाली, ५०५ जना विदेशी र सार्कका १०९ जना र १११ पटक जिप सफारी गरिएको छ। दसैंको समयमा माडी क्षेत्रबाट १३ जना नेपाली, १९ जना विदेशी, सार्क राष्ट्रका तीन जना र जिप सफारी चार पटक, अमलटारी क्षेत्रबाट ५३ जना नेपाली २१३ जना विदेशी र १६ पटक जिप सफारी गरिएको उनले बताए। उनका अनुसार कुजौली क्षेत्रबाट २४ जना नेपाली, दुई जना विदेशी एवं दुई पटक जिप सफारी गरिएको छ।

दसैंको समयमा निकुञ्ज भ्रमण गर्नेहरूबाट १ करोड ८५ लाख ४४ हजार ९५० राजस्व संकलन भएको छ। तिवारीका अनुसार गत वर्षको तुलनामा यस वर्ष निकुञ्ज भ्रमण गर्नेको संख्यामा वृद्धि भएको छ।

प्रकाशित: १३ कार्तिक २०८० १८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =