२२ प्रहरी सम्पर्कविहीन [नामावलीसहित]

हिमाल प्रेस १३ कार्तिक २०८० ७:१९
64
SHARES
२२ प्रहरी सम्पर्कविहीन [नामावलीसहित]

काठमाडौँ– नेपाल प्रहरीबाट २२ जना प्रहरी कर्मचारी हराएका छन्। यसरी हराउनेमा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी हबल्दार २ जना, प्रहरी सहायक हबल्दार ४ जना र प्रहरी हबल्दार १५ जना छन्। उनीहरू पटकपटक सूचना टाँस भइसक्दासमेत कार्यालयको सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरूलाई अन्तिम मौका भन्दै हाजिर हुनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले सूचना जारी गरेको छ। सूचनामा भनिएको छ, ‘बाटोको म्याद बाहेक सात दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला।’ अन्यथा प्रचलित कानुनबमोजिम सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ।

प्रकाशित: १३ कार्तिक २०८० ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =