डिशहोममा दसैँ विशेष, छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने

हिमाल प्रेस १ कार्तिक २०८० १५:३८
डिशहोममा दसैँ विशेष, छक्का पञ्जा ४ निःशुल्क हेर्न सकिने

काठमाडौँ- डिशहोमले दसैँ विशेष शोको सुरुवात गरेको छ। जसमा वर्षभरी सार्वजनिक भएका नेपाली चलचित्रहरू प्रदर्शन भइरहेका छन्।

दसैँ विशेष शोअन्तर्गत डिशहोमले छक्का पञ्जा ४ प्रदर्शन गर्दैछ। डिशहोमका सबै ग्राहकले विना कुनै अतिरिक्त शुल्क प्लस मूभीमा कार्तिक ३ र ४ गते बेलुका ७ बजे यो चलचित्र हेर्न सक्नेछन्।

यस्तै दसैँ मुभी फेस्टअन्तर्गत घटस्थापनादेखि रमाइलो टीभी र प्लसमुभीमा नयाँ नेपाली चलचित्र प्रर्दशन भइरहेका छन्।

 

प्रकाशित: १ कार्तिक २०८० १५:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =