गुराँस गाउँपालिकाका ३ र ५ नम्बर वडा बालमैत्री घोषणा

हिमाल प्रेस ३० असोज २०८० १७:२०
10
SHARES
गुराँस गाउँपालिकाका ३ र ५ नम्बर वडा बालमैत्री घोषणा

सुर्खेत– दैलेखको गुराँस गाउँपालिका ३ र ५ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ। गुरास गाउँपालिकाको गोगनपानीमा गरिएको एक कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बीसीले बालश्रममुक्त, हिंसारहित र बालविवाह निषेधित बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेका हुन्।

बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा कार्यक्रममा बोल्दै मन्त्री बीसीले बालबालिकाका क्षेत्रमा लगानी बढाउनुपर्ने भन्दै कर्णाली प्रदेश सरकारका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाएका छन्। उनले बालबालिकामा गरिएको लगानीले समृद्धिको आधार तय गर्ने बताए।

जनप्रतिनिधिले निष्पक्ष भएर काम गर्नुपर्नेमा जोड दिँदै विकासका काम राजनीतिक आस्थाको आधारमा नभई जनताको आवश्यकताका आधारमा गर्नुपर्ने बताए।

उनले गुराँस गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न कर्णाली प्रदेश सरकारले काम गरिरहेको जानकारी गराए।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेपछि वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडा नम्बर ५ का अध्यक्ष भूपेन्द्र चन्दले बताए।

गुराँस गाउँपालिकामा बाल अधिकार सुनिश्चित गर्न बालमैत्री स्थानीय शासनयुक्त चार वडा घोषणा गरेको छ। यसअघि गुराँस गाउँपालिकाको वडा नम्बर ६ र ८ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको थियो।

सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ ले तय गरेको ५१ सूचकमध्ये ८० प्रतिशत सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न सकिने बताए।

प्रकाशित: ३० असोज २०८० १७:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =