सलमान खान अभिनीत ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक

हिमाल प्रेस २९ असोज २०८० १५:१२
10
SHARES
सलमान खान अभिनीत ‘टाइगर ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ– बलिउड फिल्म ‘टाइगर ३’को ट्रेलर सार्वजनिक भएको छ। यशराज फिल्म्स् नामक युट्युब च्यानलबाट फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। करिब तीन मिनेटको ट्रेलरमा फिल्मका मुख्य कलाकार सलमान खान र कट्रिना कैफलाई देख्न सकिन्छ।

थ्रिलर एक्सन र एडभेन्चर जनरामा बनेको फिल्मका निर्देशक मनिष शर्मा हुन्। आदित्य चोपडाले निर्माण गरेको फिल्ममा सलमान र कट्रिनासहित कलाकार इमरान हासमी पनि मुख्य भूमिकामा छन्।

निर्माता आदित्य चोपडाकै कथामा बनेको फिल्म हिन्दी, तमिल र तेलगूमा भाषामा १२ नोभेम्बर अर्थात कात्तिक २६ देखि प्रदर्शन हुनेछ। फिल्म यशराज फिल्म्स् ब्यानरमा बनेको छ।

यो फिल्म सन् २०१२ मा प्रदर्शन भएकाे ‘एक था टाइगर’ र सन् २०१७ को ‘टाइगर जिन्दा है’ को सिक्वेल हो।

प्रकाशित: २९ असोज २०८० १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 1 =