एक हप्ताअघि नै खुल्यो ‘टाइगर ३’को टिकट बुकिङ

हिमाल प्रेस १९ कार्तिक २०८० १३:१६
12
SHARES
एक हप्ताअघि नै खुल्यो ‘टाइगर ३’को टिकट बुकिङ

काठमाडौँ- बलिउड अभिनेता सलमान खान अभिनीत ‘टाइगर ३’ तिहारको छेको पारी प्रदर्शनमा आउँदैछ। नोभेम्बर १२ अर्थात् कात्तिक २६ मा लक्ष्मी पूजाका दिन सिनेमा हलमा लाग्ने फिल्मको टिकट बुकिङ अहिलेदेखि नै खुला भएको छ।

सलमानसँगै कट्रिना कैफ र इमरान हासमी मुख्य भूमिकामा रहेको फिल्मको टिकट बुकिङ आज (नोभेम्बर ५) देखि खुला गरिएको छ। भारतका केही ठाउँमा त हिजो (शनिबार)देखि नै अग्रिम बुकिङ खुला गरिएको थियो।

बुकिङ खुला भएको केही घण्टामै एक करोडभन्दा बढी भारु कमाएको भारतीय मिडियाले जनाएका छन्। ३० हजारभन्दा बढी टिकट बिक्री भएका छन्।

फिल्म सलमान खान मुख्य भूमिकामा रहेको ‘एक था टाइगर’, ‘टाइगर जिन्दा है’का तेस्रो भाग हो। सन् २०१२ मा आएको पहिलो भाग ‘एक था टाइगर’ले ३ सय २० करोड भारु कमाएको थियो भने सन् २०१७ को फिल्म दोस्रो फिल्म ‘टाइगर जिन्दा है’ले ६ सय ६८ करोड भारु कमाएको थियो।

प्रकाशित: १९ कार्तिक २०८० १३:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − 3 =