पोखरामा अत्याधुनिक शौचालय

हिमाल प्रेस २६ असोज २०८० २०:५८
6
SHARES
पोखरामा अत्याधुनिक शौचालय

पोखरा- पोखराको व्यस्त बजारक्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ। पोखरा महानगरपालिका र गैरआवासीय नेपाली संघ (एनआरएनए) को लागत साझेदारीमा शौचालय निर्माण गरिएको हो। उक्त शौचालय शुक्रबार एनआरएनएsf तर्फबाट महानगरपालिकालाई हस्तान्तरण भयो। एनआरएनए अध्यक्ष रविना थापाले शौचालयको चाबी महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरिन्।

शौचालयमा महिलाको सुविधाका लागि सेनेटरी प्याडको भेन्डर मेसिन, स्तनपान कक्ष, सेन्सरसहितका बेसिन तथा धाराहरू जडान गरिएको छ। बायो डाइजेस्टर जडान गर्न भने बाँकी छ।

सो स्थानमा सुन्दर पार्कसमेत निर्माण हुनेछ। यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गरेको छ।

शौचालय निर्माणका लागि एनआरएनएले ६० लाख उपलब्ध गराएको छ। पार्क निर्माणका लागि थप २० लाख प्रदान गर्नेछ। बाँकी खर्चको व्यवस्थापन पोखरा महानगरपालिकाले बेहोर्नेछ।

हाल पोखरा महानगरपालिकामा १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू सञ्चालित छन्।

शुक्रबारको समारोहमा महानगर प्रमुख आचार्यले व्यवस्थित सहरभित्र आवश्यक पूर्वाधार निर्माणका लागि संयुक्त प्रयासका रूपमा सार्वजनिक शौचालय निर्माण गरिएको बताए। ‘पूर्वाधार निर्माणका लागि मूल्यभन्दा पनि साझेदारी महत्त्वपूर्ण हो,’ उनले भने, ‘यो हाम्रो सहर बनाउनका लागि हामी कसरी संयुक्त रूपमा काम गरिरहेका छौँ भन्ने सन्देश पनि हो।’ उनले पोखराको व्यस्त बजार महेन्द्रपुलमा निर्माण गरिएको अत्यावश्यक आधुनिक प्रविधि जडित सार्वजनिक शौचालयले सबैलाई राहत मिल्ने विश्वास व्यक्त गरे।

पोखरा घुम्न आउने पर्यटक तथा नागरिकको सेवाका लागि सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवन विस्थापित गरी नागरिकलाई सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले सार्वजनिक शौचालय निर्माण गरिएको प्रमुख आचार्यले बताए। शौचालय दैनिक १८ घण्टासम्म सञ्चालन गरिने उनको भनाइ छ। यसबाट उत्पादन हुने बायोग्यासको समेत पूर्ण रूपमा सदुपयोग गरिने उनले बताए। उनका अनुसार शौचालय अगाडि वाटर फाउन्टेन सहितको सुन्दर पार्क र फल्चा निर्माण हुनेछ।

एनआरएनए अध्यक्ष एवं मेगा प्रोजेक्ट संयोजक रविना थापाले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय निर्माणमा साझेदारी गर्न पाउँदा खुसी लागेको बताइन्। यसले पोखरा आउने पर्यटकलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने उनको विश्वास छ। भविष्यमा पनि पोखराका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धन अभियानमा थप सहकार्यका लागि आफूहरू तयार रहेको उनले बताइन्।

प्रकाशित: २६ असोज २०८० २०:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =