एमालेका मधेश सचिव पौडेल मृत भेटिए, अधिवेशन शुक्रबारसम्म स्थगित

हिमाल प्रेस २५ असोज २०८० २१:३६
34
SHARES
एमालेका मधेश सचिव पौडेल मृत भेटिए, अधिवेशन शुक्रबारसम्म स्थगित

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको पहिलो अधिवेशन जनकपुरधाममा जारी रहेका बेला प्रदेश सचिव डा. कृष्ण पौडेल आफ्नै घरमा मृत भेटिएका छन्। एमालेको मधेश अधिवेशनमा नयाँ नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेका बेला पौडेल आफ्नै घरमा मृत भेटिएका हुन्।

बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको पूर्व नगर प्रमुखसमेत रहेका उनी जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित आफ्नै घरमा मृत फेला परेको बताइएको छ।

घटनाको पुष्टि एमाले अध्यक्ष केपी शर्मा ओली स्वयंले सामाजिक सञ्जालमा पोस्ट गर्दै गरेका छन्। यसका साथै उनले पौडेलको निधन प्रति दुःख समेत व्यक्त गरेका छन्। पौडेल नेकपा एमालेटबाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगरप्रमुख निर्वाचित भएका थिए। उनी अहिले नेकपा एमाले मधेशको सचिव थिए।

पौडेलको निधनसँगै एमालेको मधेश अधिवेशन शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ। उनको निधनमा शोक प्रस्ताव पारित गर्दै सम्पूर्ण निर्वाचन प्रक्रिया शुक्रबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको एमालेका एक नेताले जानकारी दिए।

प्रकाशित: २५ असोज २०८० २१:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =