राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित

हिमाल प्रेस २३ असोज २०८० १७:४२
44
SHARES
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसको नेपाल भ्रमण स्थगित भएको छ। इजरायलको पछिल्लो घटनाले राष्ट्रसंघको ध्यान त्यता केन्द्रित गर्न परेको कारण आगामी असोज २६ मा हुने भनिएको भ्रमण तत्कालका लागि रद्द गरिएको हो।

सरकारले उनको भ्रमण छिट्टै हुने जानकारी गराएको छ। ‘अहिलेका लागि भ्रमण स्थगित मात्र हो। छिट्टै नयाँ तिथि तय हुनेछ,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता एवं राष्ट्रसंघसमेत हेर्ने महाशाखाकी प्रमुख सेवा लम्सालले भनिन्, ‘अहिलेलाई स्थगित भनेर सम्झनुहोस्। इजरायल युद्धका कारण महासचिवको भ्रमण स्थगित भएको हो,’ उनले भनिन्।

महासचिव गुटेरस नेपाल आउने र एक रात पोखरामा बिताउने कार्यक्रम तय भएको थियो। उनी पोखरा जानैका लागि नेपाल आउन लागेका थिए। नेपाल आएर यतैबाट चीन जाने उनको तयारी थयो। महासचिव गुटेरसलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डुले राष्ट्रसंघ महासभामा सहभागी हुँदा भ्रमणको निम्ता दिएका थिए।

गुटेरसको भ्रमणले नेपालसँग सम्बन्धित विभिन्न विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न सहयोग पुग्ने अपेक्षा थियो। उनी यसअघि पनि नेपाल आएका थिए। तर महासचिवको हैसियतमा भने आएका छैनन्। उनी शरणार्थी मामिला प्रमुख हुँदा  आएका थिए। यसअघिका महासचिव बान की मुनले पनि सन् २००८ को अक्टोबरमा नेपाल भ्रमण गरेका थिए। त्यतिबेला पनि प्रचण्ड नै प्रधानमन्त्री थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =