प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

हिमाल प्रेस ८ साउन २०८० २०:१८
8
SHARES
प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिवबीच भेटवार्ता

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्रस‌ंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो।

सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा स्थानीय समयअनुसार आज दिउँसो साढे १ बजे महासचिव गुटेरसको भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सो अवसरमा पर्यावरण, खाद्य सुरक्षा र नेपाल र संयुक्त राष्ट्रसंघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री दाहाल यही शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन्। उनको साथमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसाललगायत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =