‘भष्मे डन’ले पायो ‘यू’ सर्टिफिकेट

हिमाल प्रेस २३ असोज २०८० १५:५६
8
SHARES
‘भष्मे डन’ले पायो ‘यू’ सर्टिफिकेट

काठमाडौँ- दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘पशुपति प्रसाद २- भष्मे डन’ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) फिल्मलाई ‘यू’ सर्टिफिकेट दिएको फिल्मका निर्देशकले जानकारी दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा उनले प्रमाणपत्रको तस्बिर सेयर गरेका छन्। क्याप्सनमा लेखेका छन्, ‘पशुपति प्रसाद २- भष्मे डन’ले सपरिवार हेर्न मिल्ने यू सर्टिफिकेट पाएको छ।’

फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, वर्षा शिवाकोटी, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, सजन थापामगर, प्रकाश दाहाल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशीलगायत कलाकारको अभिनय छ।

टुकी आर्ट्सको ब्यानरमा बनेको फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म २०७३ सालमा प्रदर्शनमा आएको ‘पशुपति प्रसाद’ को सिक्वेल हो। फिल्म कात्तिक ४ मा फूलपातीका दिनदेखि प्रदर्शन हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + fifteen =