एमाले मधेश अधिवेशनमा एक हजार २७ प्रतिनिधि

हिमाल प्रेस २३ असोज २०८० ११:५०
2
SHARE
एमाले मधेश अधिवेशनमा एक हजार २७ प्रतिनिधि

जनकपुरधाम- नेकपा एमालेको मधेश प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।

एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रथम मधेश अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको हो।

एमालेले आफ्नो प्रथम मधेश अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेशको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मूल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधिको सहभागिता रहने एमाले सचिव एवं मधेश प्रदेश इन्चार्ज योगेश भट्टराइले जानकारी दिए ।

उनले यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुनेगरी प्रादेशिक समिति छनौट गरिने बताए ।

यसका लागि विभिन्न क्लष्टरमा आरक्षणको व्यवस्था समेत गरिएको उनको भनाई थियो ।

यता अधिवेशनको तयारी सम्बन्धमा जानकारी गराउँदै एमाले सचिव भट्टराईले मधेशको स्वाभिमान र समृद्धिका लागि नेकपा एमालेको सरकार आवश्यक रहेको बताए ।

एमाले अब त्यही लक्ष्यका साथ मधेशमा क्रियाशील हुने उनको भनाइ थियो ।

सामाजिक विभेद, बेरुजु र भ्रष्टाचार सबैभन्दा बढी मधेश प्रदेशमा रहेको बताउँदै उनले एमालेको मुख्य काम सुशासन र सामाजिक न्याय रहेको स्पष्ट पारे ।

प्रादेशिक अधिवेशनका लागि सम्पूर्ण खर्च आन्तरिक तवरले व्यवस्थापन गरिने एमाले मधेशका अध्यक्ष रामअवतार यादवले जानकारी दिए ।

उनका अनुसार अधिवेशनमा सहभागी हुने सम्पूर्ण प्रतिनिधिबाट २ हजार, मधेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यहरुबाट १० हजार, नगरप्रमुखहरुबाट २५ हजार, गाउँपालिका उपाध्यक्षहरुबाट २० हजार र उपप्रमुख र उपाध्यक्षहरुबाट १० हजार रुपैयाँ लेबी उठाइने बताए ।

उठेकै लेबीबाट अधिवेशनको सम्पूर्ण खर्चको व्यवस्थापन गरिने उनको भनाई थियो ।

प्रकाशित: २३ असोज २०८० ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + two =