कर्णालीमा लागुऔषधविरुद्ध लालटिन अभियान

हिमाल प्रेस २२ असोज २०८० २०:४७
16
SHARES
कर्णालीमा लागुऔषधविरुद्ध लालटिन अभियान

सुर्खेत- कर्णाली प्रदेश प्रहरीले असोज २५ गतेबाट लागुऔषधविरुद्ध लालटिन अभियान सुरु गर्ने भएको छ। लागुऔषध नियन्त्रणका लागि प्रदेश प्रहरीले विशेष अभियान २०८० सुरु गर्न लागेको हो।

लागुऔषधले व्यक्ति र समाजमा दीर्घकालीन रूपमा नकरात्मक असर पारेको भन्दै कर्णाली प्रदेश प्रहरीले लालटिन अभियान सुरु गर्न लागेको डीआईजी भीमप्रसाद ढकालले बताए।

लागुऔषध दुर्व्यसन, अवैध रूपमा ओसारपसार र बेचबिखन नियन्त्रणका लागि यो अभियान सुरु गर्न लागेको ढकालले जानकारी दिए। कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि गाउँसम्म कमिटी बनाएर लालटिन अभियान अघि बढाउने बताएका छन्।

नागरिकलाई सचेत बनाउन सबै पक्ष सक्रिय भएर लाग्नुपर्ने बताए। लागुऔषध दुव्र्यसन र अपराधलाई निरुत्साहित गर्न समाज र नागरिकमा सुरक्षित अनुभूति बनाउन अभियान सुरु गरिएको डीआईजी ढकालले जानकारी दिए।

कर्णालीमा लागुऔषधको अवैध ओसारपसारमा संलग्न संगठित गिरोहको गतिविधि सीमावर्ती क्षेत्रमा झन बढ्दै गएकोले यसको अभियान सुरु गरेको बताए।

प्रकाशित: २२ असोज २०८० २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =