नेपालगन्जमा साम्य हुँदै द्वन्द्व, कर्फ्यु खुकुलो बनाइँदै

हिमाल प्रेस २१ असोज २०८० ८:२०
8
SHARES
नेपालगन्जमा साम्य हुँदै द्वन्द्व, कर्फ्यु खुकुलो बनाइँदै

काठमाडौँ- बाँकेको नेपालगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाउँदै लगेको छ।

नेपालगन्जमा आज बिहान १० बजेदेखि राति १० बजेसम्म निषेधाज्ञा र त्यसपछि बिहान ४ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ ।

यसअघि केही दिनसम्म राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु र त्यसपछि दिनभर निषेधाज्ञा जारी हुँदै आएकोमा केही खुकुलो पारिएको हो।

निषेधाज्ञाका बेला कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टररपर्चा जस्ता प्रचार सामग्री टाँस्न नपाइने तथा हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाइने प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले बताए।

प्रकाशित: २१ असोज २०८० ८:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =