एनआरएनएका सबै सदस्यले मतदान गर्न सक्ने व्यवस्था गर्छु : उपाध्यक्षका उम्मेदवार पौडेल

हिमाल प्रेस २० असोज २०८० १९:३४
एनआरएनएका सबै सदस्यले मतदान गर्न सक्ने व्यवस्था गर्छु : उपाध्यक्षका उम्मेदवार पौडेल

काठमाडौँ- गैरआवासीय नेपाली संघ एनआरएनएको चुनावमा उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले सबै प्रतिनिधिलाई ११औँ अधिवेशनमा सहभागीताका लागि अपिल गरेका छन्।

शनिबार वक्तव्य जारी गर्दै उनले छानिएका सबै प्रतिनिधिलाई यही अक्टोबर १७ तारिखदेखि काठमाडौँमा हुन लागेको ११औँ महाधिवेशन तथा तेस्रो विश्व ज्ञान सम्मेलनमा भौतिक रूपमै सहभागी हुन अनुरोध गरेका हुन्। ‘सम्मेलनमा तपाईहरूको भौतिक सहभागिताको अपेक्षा राखेको छु,’ उनले भने, ‘समय व्यवस्थापनका कारण भौतिक रूपमा सहभागी हुन नसक्नुभएको खण्डमा पनि अनलाईनमार्फत आफ्नो अमूल्य मत दिई सबल र सक्षम नेतृत्वसहित एनआरएनएको अन्तर्राष्ट्रिय समिति निर्माणमा योगदान गर्नहुनेछ भन्ने मेरो विश्वास छ।’

डा. पौडेलले नयाँ कार्यसमिति बने पछिका सम्मेलनहरूमा सबै एनआरएनए सदस्यहरूले मतदान गर्न सक्ने व्यवस्थाका लागि आफ्नो प्रतिबद्धता रहेको बताए।

हाल संघको महासचिवका रूपमा गैरआवासीय नागरिकताका लागि सक्रिय भूमिका खेलेका पौडेलले संघको अभियानमा उपाध्यक्षको भूमिकामा अघि बढ्ने चाहना व्यक्त गरेको स्मरण गराउँदै उपाध्यक्षको भूमिकामा रही सेवा गर्ने उनको भनाइ थियो।

सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न देशमा नेपालीमाझ अन्तर्क्रिया गरे पनि सबैसमक्ष पुग्न नसकेको उनको स्वीकारोक्ति छ।

अमेरिकाबाट नेपाल प्रस्थान गर्नुअघि उनले लेखेका छन्, ‘तपाईहरू सबैलाई सम्मेलन स्थलमा भेट्ने र भलाकुसारी गर्ने तिव्र अभिलासासहित मातृभुमी नेपालको यात्रामा निस्किएको छु।’

प्रकाशित: २० असोज २०८० १९:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =