सेती नदीमा दुई बालक बेपत्ता

हिमाल प्रेस २० असोज २०८० १६:१५
8
SHARES
सेती नदीमा दुई बालक बेपत्ता

दिपायल- डोटीको सेती नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका-४ स्थित सेती पुल नजिक नुहाउने क्रममा दुई बालका बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तले जानकारी दिए।

उनका अनुसार बेपत्ता हुनेमा वडा नं ४ पिपल्ला बजारका ८ वर्षीया खुसी प्रजापति र सोही ठाउँका साढे २ वर्षका सिद्धार्थ देउवा रहेका छन्। बेपत्ता दुवैको खोजी कार्य भइरहेको श्रीवास्तले बताए।
खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासी खटिएको प्रहरीले बताएको छ।

प्रकाशित: २० असोज २०८० १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =