सेती नदीमा डुबेर बालक बेपत्ता

हिमाल प्रेस १२ साउन २०८० १०:०४
14
SHARES
सेती नदीमा डुबेर बालक बेपत्ता प्रतीकात्मक तस्बिर।

डोटी– डोटीमा सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन्। दिपायल सिलगढी नगरपालिका-३ तेलपारे बगरका ५ वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीका अनुसार बिहीबार खेल्ने क्रममा नदीमा डुबेका हुन्। उनीसँगै डुबेका ४ वर्षीय मिलन साउदको स्थानीयले उद्धार गरेका थिए। उद्धार गरिएका उनको डडेल्धुरामा उपचार भइरहेको छ।

बेपत्ता सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन्। दुवैजना खेल्दाखेल्दै सेती नदीमा पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित: १२ साउन २०८० १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =