फिल्म कौसीदको गीत नझर्थे र आँसु सार्वजनिक

हिमाल प्रेस १७ असोज २०८० १६:३१
30
SHARES
फिल्म कौसीदको गीत नझर्थे र आँसु सार्वजनिक

काठमाडौँ- कुमार भाष्करको निर्देशनमा बनेको फिल्म ‘कौसीद’मा समावेश गीत सार्वजनिक भएको छ। बुधबार सार्वजनिक ‘नझर्थे र आँसु’ बोलको गीत मार्मिक सुनिन्छ। लिरिकल रूपमा सार्वजनिक गरिएको गीतले सुख र दुःखले मिश्रीत दैनिकीको भाव बोल्छ। आफ्नो पीडा भुलेर अरूको खुसीको लागि संघर्षरत एक शिक्षकको कथा शब्दमा व्यक्त छन्। उक्त गीतमा स्वर र संगीत पहिलो नेपाल आइडल बुद्ध लामाको छ। शब्द लक्ष्मण बानियाँले लेखेका छन्। मिक्सिङ तथा मास्टरिङ राहुल प्रधानको छ।

यहि असोज २६ गतेबाट प्रदर्शनमा आउने फिल्मले पोस्टर रिलिजबाट नै चर्चा कमाएको थियो। यसअघि सार्वजनिक ट्रेलरलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। अभिनेता भोलाराज सापकोटा र अभिनेत्री ऋचा शर्मा फिल्मका प्रमुख कलाकार हुन्।

फिल्म ‘कौसीद’मा ऋचा र भोलाराजसँगै रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई र सन्दीप लोहनी मुख्य भुमिकामा छन्। केदार भुसालको निर्माणमा तयार भएको यो फिल्मको कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्माता लक्ष्मण बानियाँ हुन्।

यो फिल्मको कथा लेखन नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले गरेका छन्। निसाल पौडेलले छायांकन गरेको फिल्ममा भिम विश्वकर्माको सम्पादन छ। बड पिक्चर्सको ब्यानरमा तयार भएको फिल्मलाई आर आर फिल्मस् ले वितरण अधिकार लिएको छ।

 

प्रकाशित: १७ असोज २०८० १६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =