तीन वर्षसम्म नयाँ ठेक्का लिन नपाउने गरी कारबाहीमा परे २० कम्पनी (सूचीसहित)

हिमाल प्रेस १६ असोज २०८० १२:२१
10
SHARES
तीन वर्षसम्म नयाँ ठेक्का लिन नपाउने गरी कारबाहीमा परे २० कम्पनी (सूचीसहित)

काठमाडौँ- प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको छ।

काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले नयाँ ठेक्का लिन नपाउने गरी कालोसूचीमा राखेको हो ।

कार्यालयले जनाएअनुसार कतिपयलाई एक वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ भने कतिपयलाई तीन वर्षसम्मको लागि कालोसूचीमा राखिएको छ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का प्रक्रियामा भाग लिन पाउने छैनन्।

तीन वर्ष कालोसूचीमा पर्नेहरुमा सकिल हैदर नेतृत्वको एमरएस सकिल हैदर इन्जिनियर्स एण्ड कन्सट्रक्सन, दीपक सापकोटा नेतृत्वको एम-एस शंकरमाली निर्माण सेवा र धर्मराज भण्डारी नेतृत्वको एम-एस सुनौला खिम्ती कन्सट्रक्सन छन्।

यस्तै, शिवालय बिल्डर्स, स्काईरवाइवा एण्ड लामा-जानकी जेभी, नागार्जुनरशंकरमाली जेभीलाई दुई वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ।

प्रकाशित: १६ असोज २०८० १२:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + fifteen =