बालकलाई ठक्कर दिएर भाग्ने मोटरसाइकल चालक नियन्त्रणमा

हिमाल प्रेस १४ असोज २०८० १९:५९
34
SHARES
बालकलाई ठक्कर दिएर भाग्ने मोटरसाइकल चालक नियन्त्रणमा

सुर्खेत- सुर्खेत वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले मोटरसाइकल चालक गुर्भाकोट नगरपालिका-१४ का ३१ वर्षीय अर्जुन पुनलाई नियन्त्रणमा लिएको हो। उनले प्रदेश ३ -००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए।

मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका-६, खिड्कीज्यूलाका ६ वर्षीय बालक दिग्दर्शन पुरीको मृत्यु भएको थियो।

प्रकाशित: १४ असोज २०८० १९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eight =