सप्तरीमा एक सय वटा वाकीटकी बरामद

हिमाल प्रेस १४ असोज २०८० १८:१५
26
SHARES
सप्तरीमा एक सय वटा वाकीटकी बरामद

काठमाडौँ- सप्तरीको छिन्नमस्ता गाउँपालिका-२, मोहनपुरबाट आज (आइतबार) करिब ८ लाख रूपैयाँ बराबरको चोरीपैठारीको रेडियो सेट (वाकीटकी) बरामद गरिएको छ।

भारतबाट अवैध रूपले ल्याउँदै गरेको एक सय वटा ‘पोर्टेबल वाकीटकी ह्यान्डसेट) सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ताले बरामद गरेको हो।

वाकीटकी ल्याउने व्यक्ति भने गस्तीमा रहेको सुरक्षा फौजलाई टाढैबाट देख्नासाथै फरार भएका थिए। सुरक्षाकर्मीले प्रयोग गर्ने रेडियो सेट के प्रयोजनको लागि ल्याइएको थियो भन्ने खुल्न नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

प्रकाशित: १४ असोज २०८० १८:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + seven =