संसद्‌मा रवि लामिछानेको प्रश्न : आयल निगम घाटामा छ भन्ने अनि बोनस बाँड्ने?

हिमाल प्रेस १४ असोज २०८० १४:४०
28
SHARES
संसद्‌मा रवि लामिछानेको प्रश्न : आयल निगम घाटामा छ भन्ने अनि बोनस बाँड्ने? फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आयल निगम घाटामा छ भने बोनस बाँड्ने रकम कहाँबाट आयो भन्दै प्रश्न गरेका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले स्वचलित मूल्य भए आयल निगमले मूल्य घट्दा दुई दिनसम्म किन घटाउँदैन भन्दै प्रश्न गरे।

‘प्रधानमन्त्री भ्रमण गरेर ‘मुड फ्रेस’ गराएर आउनुभयो। आउँदा आउँदै जनताको मुड अफ गराउनुभयो। फेरि मूल्य वृद्धि फिर्ता लिने कुराले मुड फ्रेस बनाउनुभएकोमा धन्यवाद छ,’ उनले भने, ‘आयल नियम व्यापार गर्छ, बोनस बाँड्छ, अनि घाटामा छु भन्छ। स्वचालित मूल्यबाट चल्ने भए मूल्य घटेको बेला किन यसले दुई दिनसम्म मूल्य घटाउँदैन किन ?’

प्रकाशित: १४ असोज २०८० १४:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =