पोखराको फुस्रेखोलामा एक किशोर मृत फेला

हिमाल प्रेस १४ असोज २०८० ११:२६
8
SHARES

पोखरा- पोखरा महानगरपालिका वडा १७, फुस्रेखोलामा एक किशोर मृत फेला परेका छन्। मृत्यु हुनेमा पोखरा १७, बिरौटा निवासी १४ वर्षीय क्षितिज बस्याल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ।

शनिबार दिउँसो एक पुरुषको शव खोलामा अड्किएको अवस्थामा भेटिएको सूचना पाएसँगै वडा प्रहरी कार्यालय बैदामको टोली घटनास्थल खटिएको थियो। शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा निजको आफन्त खोज्दै जाँदा बिरौटा निवासी उनकी ठुली आमाले सनाखत गरेको प्रहरीले बताएको छ।

क्षितिजका बाबुआमा दुवै जना विदेशमा छन्। उनी ठुलीआमासँग बस्दै आएका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित: १४ असोज २०८० ११:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 10 =