इन्द्रजात्रा हेर्न हिँडेरै वसन्तपुर पुगे उच्चपदस्थहरू [फोटो फिचर]

हिमाल प्रेस ११ असोज २०८० १५:४६
44
SHARES
इन्द्रजात्रा हेर्न हिँडेरै वसन्तपुर पुगे उच्चपदस्थहरू [फोटो फिचर]

काठमाडौँ- इन्द्रजात्रा अवलोकनका लागि उच्च पदस्थहरू हिँडेरै वसन्तपुर पुगेका छन्। काठमाडौँ महानगरपालिकाले हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेपछि भीभीआईहरू हिँडेरै इन्द्रजात्रा हेर्न पुगेका हुन्। महानगरले असारदेखि महिनाअघि सम्पदा क्षेत्रमा सवारीसाधन चल्न रोक लगाएको छ।

यसअघि इन्द्रजात्रा अवलोकन गर्न बसन्तपुरस्थित गद्दी बैठकसम्म सवारी हुने गरे पनि यसपटक भने भीभीआईपीहरू नै हिँडेर इन्द्रजात्रा हेर्न पुगे। जात्रा हेर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उउपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षामन्त्री अशोक राई, पर्यटनमन्त्री सुदन किराती, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायत हिँडेरै इन्द्रजात्रा अवलोकनका लागि पुगेका हुन्।

इन्द्रजात्राको दिन आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिइएको छ।

सबै तस्बिर : रासस

 

प्रकाशित: ११ असोज २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =