‘प्रेम शरणम्’ मा विपिन र स्वस्तिमा

हिमाल प्रेस ७ असोज २०८० १२:३८
10
SHARES
‘प्रेम शरणम्’ मा विपिन र स्वस्तिमा

काठमाडौँ- फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को गीत ‘प्रेम शरणम्’ सार्वजनिक भएको छ। कात्तिक ४ मा फूलपातीका दिनदेखि प्रदर्शन हुने फिल्मको गीतमा भष्मे डन अर्थात् विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का देखिएका छन्। गीतमा उनीहरूसँगै प्रकाश घिमिरे पनि छन्।

गीत ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा कालीप्रसाद बाँस्कोटा र स्वस्तिका ढकालको स्वर रहेको छ। कृष्ण भारद्वाज र सुशील पौडेलको शब्द र कृष्णकै संगीत छ। गीतमा संगीत संयोजन सुदीप सिंह र सन्नी सुमनले गरेका छन्।

फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन्। फिल्ममा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापामगर, विभु पौडेल, प्रकाश दाहाललगायत कलाकारको अभिनय छ। खगेन्द्र लामिछाने र वर्षा शिवाकोटी फिल्ममा अतिथि भूमिकामा देखिनेछन्।

फिल्मका लेखक र निर्माता खगेन्द्र लामिछाने हुन्। फिल्म टुकी आर्ट्सको ब्यानरमा निर्माण गरिएको छ। फिल्म २०७३ सालमा प्रदर्शनमा आएको ‘पशुपति प्रसाद’ को सिक्वेल हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =