बारुद बनाउने कच्चा पदार्थसहित महिला पक्राउ

हिमाल प्रेस ५ असोज २०८० ७:४९
10
SHARES
बारुद बनाउने कच्चा पदार्थसहित महिला पक्राउ

बैतडी- बारुद बनाउन प्रयोग गरिने पदार्थसहित एक महिला पक्राउ परेकी छिन्।

दशरथचन्द नगरपालिका २ देहिमाडौँकी ४२ वर्षीया पुष्पा बोहरा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी  योगेश खत्रीले जानकारी दिए।

भारतीय सीमा नाका झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको से १ ज ४०९ नम्बरको जिपबाट बिहीबार साँझ पक्राउ परेकी बोहराको साथबाट बारुद बनाउन प्रयोग गरिने गन्धकजस्तो देखिने पदार्थ २ किलो र बारुद नै बनाउन प्रयोग गरिने सुराजस्तो देखिने पदार्थ १० किलो गरेर १२ किलो अवैध पदार्थ फेला परेको हो ।

प्रकाशित: ५ असोज २०८० ७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + twelve =