हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

हिमाल प्रेस ३ असोज २०८० २१:३२
8
SHARES
हुम्लाको नाम्खामा नियमित पठनपाठन गर्न पालिकाको निर्देशन

सिमकोट- संसद्‍मा दर्ता भएको विद्यालय शिक्षा विधेयकको संशोधन नभएसम्म नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको अगुवाइमा देशभरका विद्यालय आजबाट बन्द हुनाका साथै विरोधमा उत्रिएको समयमा हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले नियमित पठनपाठन गराउन निर्देशन दिएको छ।

गाउँपालिकाले सूचना प्रकाशित गर्दै सार्वजनिक बिदाका दिनबाहेक अन्य दिनमा नियमित पठनपाठन गराउन मातहतका मावि, निमावि र आधारभूत विद्यालयलाई निर्देशन दिएको हो।

संसद्‍मा दर्ता भएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको सेवा, सुरक्षा र वृत्तिविकासलगायत हकहितका विभिन्न महत्त्वपूर्ण विषयमा भएको अस्पष्टता विरुद्ध देशभरका विद्यालय बन्द गर्नाका साथै शिक्षक आन्दोलनमा उत्रिने जानकारी प्राप्त भए पनि विद्यालय बन्द नगर्न गाउँपालिकाले सूचनामा भनिएको छ।

शिक्षकले उठाएका विभिन्न माग र आवाज एकदमै यथार्थपरक तथा जायज भए पनि स–साना बालबालिकाको अध्ययन गर्न पाउने नैसर्गिक अधिकारलाई ध्यानमा राखी पठनपाठनको कार्यलाई गम्भीरतापूर्वक लिएर शिक्षकका माग र मुद्दाका विषयमा केन्द्रमा छलफल भइरहेकाले बालबालिकाको पठनपाठनमा बाधा वा असर नपर्ने गरी विद्यालय नियमित गर्न गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

शिक्षा विधेयकको समस्या देशभरको भए पनि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो। गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन्। सोही गाउँपालिका-६ को लिमीका दुई विद्यालयमा नियमित पठनपाठन जारी भइरहेको बताएको छ।

पठनपाठन ठप्प पारेर सडक आन्दोलनमा शिक्षक [तस्बिरहरू]

प्रकाशित: ३ असोज २०८० २१:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =