पठनपाठन ठप्प पारेर सडक आन्दोलनमा शिक्षक [तस्बिरहरू]

दिपेश श्रेष्ठ ३ असोज २०८० १३:२३
106
SHARES
पठनपाठन ठप्प पारेर सडक आन्दोलनमा शिक्षक [तस्बिरहरू]

काठमाडौँ- विद्यालय शिक्षक र कर्मचारीले बुधबार माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरेका छन्। देशभरका विद्यालय बन्द गरेर राजधानी आएका शिक्षकहरूले ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ को विरोधमा प्रदर्शन गरेका  हुन्।

विधेयक तयारीका क्रममा सरकार, विभिन्न दलका नेता र सांसदहरूसँग पटकपटक आफ्ना मागबारे ध्यानाकर्षण गराउँदा पनि नसमेटिएको आरोप उनीहरूको छ। शिक्षकहरूले अघि सारेका अधिकांश माग शिक्षाको पेसागत सुरक्षा र सेवासुविधासँग छ। यद्यपि यी माग सम्बोधन भएमा देशको सार्वजनिक शिक्षामा आमूल परिवर्तन आउने दाबी शिक्षक नेताहरूको छ। नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनमा महासंघमा सम्बद्ध/आबद्ध डेढ दर्जनभन्दा बढी घटक सहभागी छन्। माग सम्बोधन नभएसम्म विद्यालय नफर्कने अडान शिक्षकहरूको छ।

 

 

यसकारण आन्दोलित भए देशभरका शिक्षक

प्रकाशित: ३ असोज २०८० १३:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − five =