वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

हिमाल प्रेस ३ असोज २०८० ७:०१
4
SHARES
वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ- कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान संविधान नेपालको राजनीतिक इतिहासमा एउटा ऐतिहासिक एवं महत्वपूर्ण उपलब्धि भएको बताएका छन्।

संविधान दिवस, २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सबै राजनीतिक दल तथा नेपाली जनताको पूर्ण समर्थन, संघर्ष र बलिदानको फलस्वरूप गठित संविधानसभाबाट जारी भएको नेपालको संविधानले नेपाली जनताको राजनीतिक, आर्थिक र सामाजिक अधिकारलाई पूर्णतः सुरक्षित गर्नुका साथै मुलुकमा राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र विकासका नयाँ क्षितिजलाई उदघाटित गरेको बताए ।

कार्यवाहक प्रधानमन्त्री खड्काले वर्तमान संविधानले नेपाली समाजमा रहेका सबै किसिमका उत्पीडन, विभेद, आर्थिक असमानता र सामाजिक विकृति तथा विसंगतिलाई अन्त्य गरी सभ्य, शोषणमुक्तर समतामूलक समाजको निर्माण गर्ने परिकल्पना गरेको उल्लेख गरे।

‘यस संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ। यो संविधान हिमाल, पहाड र तराईमा रहने तीन करोड नेपालीको साझा मिलन बिन्दु हो’, कार्यवाहक प्रधानमन्त्री खड्काद्वारी शुभकामना सन्देशमा उल्लेख छ।

लामो र साझा संघर्षबाट प्राप्त यस संविधानको रक्षा, पालना र प्रभावकारी कार्यान्वयन सबै नेपालीको साझा दायित्व भएको उल्लेख गर्दै उनले संविधानमा प्रतिविम्बित नेपाली जनताका विकास, समृद्धि र सुशासनका भावनालाई प्रभावकारी तवरले कार्यान्वयनमा उतार्न हामी सबै एक आपसमा हातेमालो गर्दै अघि बढ्न आवश्यक रहेको बताए।

प्रकाशित: ३ असोज २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =