पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधार आवश्यक : रक्षामन्त्री

हिमाल प्रेस १३ माघ २०८० १४:०७
6
SHARES
पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधार आवश्यक : रक्षामन्त्री

काठमाडौँ- उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पत्रकारिता क्षेत्रको व्यावहारिक र नीतिगत सुधारका लागि सरकारले आवश्यक सहयोग गर्ने बताएका छन्।

पत्रकार कलेन्द्र सेजुवालद्वारा लिखित ‘फल्स फ्रन्ट पेज’ को शनिबार काठमाडौंमा विमोचन गर्दै उनले पत्रकारिता क्षेत्रले नागरिक सचेतना अभिवृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुदृढीकरण र मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनका क्षेत्रमा पैरवी गर्दै महत्वपूर्ण उपलब्धि हासिल गर्न योगदान दिएको भन्दै यस क्षेत्रको सुधारका लागि सरकारले सहयोग गर्ने बताएका हुन्।

उनले नेपालको पत्रकारिता क्षेत्रलाई संस्थागत विकास र उच्च व्यावसायिक अभ्यास गराउने मूल दायित्व पत्रकार महासङ्घको भएको जिकिर गरे। मुलुकको परिवर्तनका साथै यसको संस्थागत विकासका साथै विकास र समृद्धिको यात्रामा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए।

उनले राज्यका अन्य क्षेत्रजस्तै पत्रकारिता क्षेत्रको पनि आफ्नै मूल्य, मान्यता, सिद्धान्त र आदर्श छवि हुने उल्लेख गरे।

प्रकाशित: १३ माघ २०८० १४:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =